Gold
Bangad salyan

जे गर्नु छ मलाई गर्नुहोस राष्ट्रपतिलाई केहि नभन्नुहोस :प्रधानमन्त्री ओली

जेठ ७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध सङ्घीय गणतन्त्रमाथिकाे आक्रमण भएको बताए ।

राष्ट्रपतिमाथि महाभियोगको चर्चामाथि टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले बरु आफूलाई महाभियोग लगाउन वा हटाउनुहोस । तर राष्ट्रपतिमाथि विभिन्न लान्छना आईरहनु राम्रो होईन ,उँहा कुनै दलको निकट पनि होइन।

शुक्रबार वालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले भने जे जे भन्नु छ मलाई भन्नुस र गर्नुहोस राष्ट्रपतिलाई केहि नभन्नुहोस। राष्ट्रपतिले मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीले गरेको सिफारिस कार्यान्वयन गर्ने गर्दापनि किन विरोध गर्नुपर्यो उनले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आज साँझा ५ बजे सम्म दिएको समयले संविधान मिचेको भन्दै चौतर्फी विरोध भएको हाे ।

प्रधानमन्त्रीले राजीनामा दिएमा वा अविश्वासको मतबाट पदमुक्त भएमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था रहे पनि प्रक्रिया नै मिचेर राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेको भन्दै विभिन्न राजनीतिक दल, संविधान र कानुनविद्, बुद्धिजीवी लगायतले विरोध गरेका हुन् ।