Gold
Bangad salyan

राष्ट्रपतिलाई सच्चिने अन्तिम मौका नत्र राम राम :गगन थापा

जेठ ७ ,काठमान्डौ – नेपाली काँग्रेसका सांसद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सच्चिने अन्तिम मौका रहेको अन्तथा राम राम भन्नु भन्दा अरु केहि नरहेको बताएका छन्।

एक दिन अगाडी विश्वासको मत लिन नसक्ने ओलीले अहिले १५३ सांसद छन् भनेर दाबि गर्नु अवैधानिक र अनैतिक भएको थापाले बताए।

थापाले सामाजिक सञ्जालमा लेखेका छन् ,१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको?प्रमले नै’म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने,राष्ट्रपतिले’विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’भन्दै आव्हान गर्ने।अब फेरी जालझेल।

यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ।राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ।
महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको । नभए भिर बाट खस्ने लाई राम राम