Gold
Bangad salyan

संसद विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको वाइसिएल नेपालले गर्यो पुत्ला दहन

जेठ ९ ,काठमान्डौ – संसद विघटनको विरोधमा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपालले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई जुत्ताको माला लगाएर पुत्ला दहन गरेको छ।

वाईसिएल नेपालले काठमान्डौको चाविहिल चोकमा नाराबाजी गर्दै पुत्ला दहन गरेको हो। कोरोना महामारीलाई मध्यनजर गर्दै सामाजिकदुरी कायम राखेर वाईसिएल नेपालले आज ७७ जिल्लाका नगरपालिका गाँउपालिकाका चोक -चोकमा केपी ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको हो।

संसद विघटनलाई विपक्षि दलले प्रतिगमन भाग दुई भनेको छ ,जसलाई डटेर सामना गर्ने पनि दल संगठनले जनाएको छ।