Gold
Bangad salyan

विप्लवको केपी ओलीलाई चेतावनी कुर्सि बचाउन नागरिकता अध्यादेश ल्याउन मिल्दैन

जेठ १० ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुर्सि बचाउन राष्ट्रहितविपरीतको कार्य नगर्न चेतावनी दिएका छन्।

विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु जन्मसिद्ध अधिकार भएपनि सत्तासंकट टार्नकै लागि सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको बताएका हुन् ।

संविधान जारि गर्दानै नागरिकतासम्बन्धि कयौँ गलत एवम् त्रुटिपूर्ण प्रावधानहरू रहेकाले त्यतिबेलै आफूहरुले विरोध गरेको विप्लवले जनाए ।

नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ’, विप्लवमा भनिएको छ, ‘त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिङ्गो देशले चुकाउनुपर्ने हुन्छ ।

अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।सार्वजानिक विज्ञप्तिमा भनिएको छ।

जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी थिइन् ।