Gold
Bangad salyan

गरिबलाई रोक्न गस्ती छ शासकलाई मात्रै मस्ती छ

,काठमान्डौ – नागरिक समाजले सरकारविरुद आन्दोलन गरेको छ। कोरोना महामारी नियन्त्रणमा ध्यान केन्द्रित नभई सरकार सत्ताको दाउपेचमा लागेको भन्दै बृहत् नागरिक आन्दोलनको अगुवाईमा बुधबार काठमाडौंको कीर्तिपुरस्थित गणतन्त्र चोकमा उनीहरुले आन्दोलन गरेका हुन्।

गरिबलाई रोक्न गस्ती छ शासकलाई मात्रै मस्ती छ । ‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ, यो सरकारको छ के पारा दुष्ट, भ्रष्ट ज्यानमारा’।

अक्सिजन र खोप चाहीएको छ मतपत्रको षड्यन्त्र होइन गरिबलाई गासबास चाहियएको घृणित दाउपेच तन्त्र होईन लेखिएक पोस्टरहरु सहित उनीहरुले सरकारलाई खबरदार गरेका हुन्।