बनगाड कुपिण्डे नगरपालिका ११ आपचौरमा बोलेरो जिप दुर्घटना
जेठ १३ ,काठमान्डौ – बनगाड कुपिण्डे नगरपालिका ११ आपचौरमा बोलेरो जिप दुर्घटना भएको छ। हिजो राति करिब ८ बजे मेशिनको लागि तेल बोकेर जादै गर्दा दुर्घटना भएको हो।
बनगाड कुपिण्डे नगरपालिका ११ हुँदै निगाल्चुला १२ जोड्ने सडकको काम हाल भईरहेको छ। सडक खनिरहेको मेशिनलाई सर्भिसिङ्को सामान र तेल लैजाँदै गर्दा उक्त जिप दुर्घटना भई सडकबाट करिब १५० मिटर तल खोलामा खसेको हो।
घटनामा मानवीय क्षति भने नभएको स्थानीय शिक्षक जित बहादुर विकले जानकारी दिए।करिब ३ लाख बराबरको तेल नस्ट भएको छ भने गाडी पूर्ण रूपले क्षति भएको स्थानीयले बताए।

