Gold
Bangad salyan

दुई तिर हारेपछि प्रधानमन्त्रीको आक्रोस :युवा संघलाई आक्रामक शैलीमा उत्रिन निर्देशन

काठमान्डौ – प्रधानमन्त्री ओलीले युवा संघलाई आक्रमणक शैलीमा उत्रिन आवाहन गरेका छन्। लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा एमाले उमेद्वार चन्द्रबहादुर खड्का पराजित भएपछि ओलीले यस्तो बताएका हुन्।

सोमबार जुममार्फत एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारमाथि चारैतिरबाट आक्रमण भएकाले त्यसलाई रोक्न र छेक्न युवा संघका नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । ओलीले भने हामीलाई चारैतिरबाट सरवर्षा भइरहेको छ ।

ती सरवर्षालाई भाँड्ने र छेक्ने काम गर्नुपर्छ । हामीसँग होला मिडिया हाउस स्थापना गरेका छैनौ, त्यो हाम्रो कमजोरी होला ओलीको भनाई थियो । चुनावका लागि भनेर सरकार घटिया काम गर्दैन एउटा व्यक्ति जित्छ हार्छ त्यो सरकारले हेर्दैन लोकतन्त्रलाई जिताउनुपर्छ भन्ने सरकारको काम हो त्यो मात्र हेर्छ’ ओलीले भने ।

उनले आफुहरु मिसन पत्रकारिता भइरहेको भन्दै त्यो घातक हुने पनि ओलीले बताए । ‘हामी त्यस्तो पत्रकारितामा विश्वास गर्दैनौ । हामी मर्यादित पत्रकारिताको पक्षमा रहेका छौ’ प्रधानमन्त्रीको दावी छ। जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार रामबहादुर थापा (बादल )पराजित भएपछि ओली नेपाल खनाल समूहमा खनिएका थिए।