उपत्यकामा आज १४५६ कोरोना संक्रमित फेला
जेठ १९, काठमान्डौ – पछिल्लो २४ घण्टामा उपत्यकामा १४५६ कोरोना संक्रमित भेटिएका छन ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना कोरोनाका बिरामी फेला परेका हुन ।
यस्तै आज देश भरमा थप ५ हजार ३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जस्मा २४ घण्टामा ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् ।

