थप ६ हजार ६५३ नयाँ संक्रमित थपिए १०१ को निधन
जेठ २१, काठमान्डौ – पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । यस्तै गत पछिल्लो समयमा ८ हजार ६६३ जना निको भएर घर फर्केका छन ।
यो पछि हाल सम्म निको हुनेको संख्या ४ लाख ७६ हजार १३० जना निको भैइसकेका छन ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा र ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो ।
त्यसतै १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन् । आज थप कोभिड १९ संक्रमणबाट थप १०१ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा ७ हजार ७३१ जनको मृत्यु भइसकेको छ ।

