उपत्यकामा ९१५ जना संक्रमित थपिए
जेठ २६ ,काठमान्डौ – आज थप काठमाडौं उपत्यकामा ९१५ जना संक्रमित थपिएका छन्। जसमा भक्तपुरमा ८५, ललितपुरमा १५१ र काठमाडौं जिल्लामा ६७९ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको ।
आज देशभरबाट ४ हजार ३४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन् भने ८१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हाल देशभर कोरोनाबाट ८ हजार १७९ जनाको मृत्यु भएको छ।

