Gold
Bangad salyan

प्रधानमन्त्रीले महेस बस्नेतलाई किक आउट गरेपछि ओली समूह छोड्दै

जेठ २७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछ। ओलीले सात मन्त्री थप्दै गर्दा सांसद महेस बस्नेतलाई मन्त्री नियुक्त नगरेपछि उनि असन्तुस्ट बनेका छन्।

यो भन्दा अगाडी महेस बस्नेतलाई गृहमन्त्री बनाउने हल्लासमेत बाहिरिएको थियो तर ओलीले गृहमन्त्रीमा खगराज अधिकारिलाई सिफासिर गरेपछि महेस बस्नेतले ओली समूह छोड्न लागेको जानकारहरु बताउछन।

ओलीका विश्वासपात्र बस्नेतलाई उनले किन किक आउट गरे भन्नेबारेमा सबैको चासो रहेको छ। पछिल्लो समय भक्तपुरमा विकासका आयोजनाहरु धमा धाम सम्पन्न गर्ने र चर्चामा आएका बस्नेत भने अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसंग रुस्ट बनेका हुन्।

खगराज गृहमन्त्री बनेपनि महेस बस्नेतलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्री बनाउनुपर्ने तर ओलीले भागबण्डामा विभेद गरेको भन्दै चौतर्फी ओलीको आलोचना सुरु भएको छ।

पछिल्लो समय केपी शर्मा ओलीले संविधानविपरित काम गर्दापनि महेस बस्नेतले ओलीकै गुणगान गाउने गरेका थिए।तत्कालिन समाजवादी पार्टी फुटाउन डा. सुरेन्द्र यादवको अपहरण भनिएको घटनामा बस्नेत प्रत्यक्ष संलग्न थिए । भने जस्को मुख्य दोषी स्वयं प्रधानमन्त्री केपि ओली समेत रहेका थिए ।

समाजवादी पार्टी फुटाउने प्रयास असफल भएपछि विवाद बाहिर आएको थियो । उक्त कार्यमा संलग्न उमाशंकर अरगरिया मन्त्री भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । ओलीले खगराज अधिकारिलाई गृहमन्त्रीमा बनाउन लागेका छन् भने पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकि पत्नी नैनकला थापालाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्री बनाउन लागेका छन्।

यस्तै नारदमुनि रानालाई वनमन्त्री, मोहन बानियाँलाई विनाविभागीय, ज्वालाकुमारी साहलाई कृषिमन्त्री , गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री, राजकिशोर यादवलाई उद्योग मन्त्री र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।