Gold
Bangad salyan

गण्डकीमा ढल्यो एमाले सरकार पृथ्वीसुब्बा गुरुङ पदमुक्त

काठमान्डौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा आज आफूलाई विश्वासको मत् मागेका थिए।

आजको प्रदेश सभामा ५८ जना उपस्तिथित रहेका थिए जसमा अ५७ जनाले मतदान गरेका थिए। गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो।अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूलाई मागेको मत अस्वीकृत भएको सभामुख नेत्रनाथ अधिकारीलेले घोषणा गरेका छन्। तेस्तै अर्को बैठक २८ गते शुक्रबार बिहान ११ बजे बस्ने छ।