Gold
Bangad salyan

आज थप २६०७ जनामा कोरोना संक्रमण २१ सय ४१ जना निको

असार ३ ,काठमान्डौ – गत २४ घन्टामा थप २६०७ जनामा कोरोना संक्रमण फेला परेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८ र ४ हजार ७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत पछिल्लो २४ घन्टामा २१ सय ४१ जना निको भएका चाहन भने ३९ जनाको मृ,त्यु भएको छ। हाल सम्म कोरोनाबाट मर्नेको कूल संख्या ८,हजार ५९७ पुगेको मन्त्रालयको तथ्यांक छ।

हाल सम्म नेपालमा जम्मा ६ लाख १५ हजार ९८४ कोरोना संक्रमित फेला परेका छन् भने निको हुनेको जम्मा संख्या ५ लाख ४५ हजार ६६२ रहेको छ।