देश र संविधानलाई दुर्घटना हुन दिइने छैन, कालो बादल छिट्टै हट्छ : प्रचण्ड
असार ८ चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश र संविधानलाई दुर्घटना हुनबाट बचाउन हरसम्भव प्रयास भैइरहेकोले दुर्घटनामा जान नदिईने बताएका छन।
पछिल्लो राजनीतिक घटनाक्रमले संविधान धरासायी हुने होकी भन्ने आशंका पैदा गरेको पनि उनले बताए ।
देशै के हुने हो भन्ने जस्तो स्थिति आएको सबैको मनमा लागेको छ तर धेरै नपाली जनता सचेत रहेकाले र राजनीति दलभित्र पनि नेता कार्यकर्ता राष्ट्र प्रतिको जिम्मेवारी भएकाले दुर्घटनामा देश जानै दिईनेछैन प्रचण्डले भने ।
गणतन्त्र लोकतन्त्र पनि बच्छ र राष्ट्रियता माथि लाग्न खोजेको कालो बादल पनि चाँडै हट्छ ।
झण्डै दुई तिहाइ बहुमतको नेपाल कम्युनिष्ट पार्टी छिन्नभिन्न हुँदा आफूलाई दुःख लागेको उनले बताए ।
प्रचण्ड चितवनमा नदीले कटान गरेको क्षेत्रको अवलोकन गर्न पुगेका छन ,त्यस्तै उनी पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीका स्वर्गीय बुवाको सातौं दिनको श्रद्धाञ्जली कार्यक्रममा पनि सहभागी भएका हुन ।

