प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाई हुने
असार ९,काठमान्डौ – प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाई हुने हुँदै छ। प्रतिनिधिसभा विघटनविरुद्द ३० वटा निवेदन परेका छन्। रिट निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।
सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन हुनेछ । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेका छन् ।
आजदेखि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको निवेदनमा १४६ सांसदहरुको रिटमा सुनुवाई हुने छ। सर्वोच्च अदालतले गत जेठ २६ गते नै समयसीमा तोकेर त्यसैको हदभित्र दुवै पक्षका कानुन व्यवसायीलाई बहस गर्न आदेश दिईसकेको छ।दुवै तर्फका रिट, निवेदक कानुन ब्यवसायीलाई १५ घण्टा समय दिईएको छ। एमिकस क्युरीका लागी दुई घण्टा समय छुट्याइएको छ ।

