Gold
Bangad salyan

जातिय विभेदविरुद्ध पक्राउ परेकि प्रधानलाई रिहा गर्न सहयोग गर्ने शिक्षामन्त्रीको पुत्ला दहन

काठमान्डौ- जातीय विभेद तथा छुवाछुतलाई संरक्षण गरेको भन्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गरिएको छ ।माइतीघर मण्डला काठमाडौं स्थित दलित अधिकारकर्मी र विद्यार्थीले शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन गरेका हुन।

जातिय विभेदविरुद्ध पक्राउ परेकी काठमान्डौ महानगरपालिका बबरमहलस्थित सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले प्रहरी कार्यालयमा पुगेर रिहा गर्न माग गरेका थिए ।रिहा पछि उनले प्रधानलाई आफ्नै झन्डावाला गाडीमा बसालेर लगेका थिए ।

जातिय विभेदविरुद्ध अदालतमा मुद्दा चलिरहेको बेला पीडितलाई सहयोग गर्नुको साटो मन्त्री श्रेष्ठले उल्टै प्रधानलाई छुटाउने काम गरेको भन्दै चौतर्फी विरोध भैइरहेको छ ।

प्रधानले सञ्चारकर्मी रुपा सुनारलाई जातका कारन घरमा कोठा भाडा नदिएको आरोपमा मुद्दा परेपछी प्रहरीले पक्राउ गरि हिरासतमा राखेको थियो ।