Gold
Bangad salyan

कांग्रेसले उठायो रुपा सुनारको घटना संगै नवराज विक र अजित मिजारको हत्या प्रकरण

असार ११ ,काठमान्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जाजरकोटका नवराज विक सहित ६ जनाको सामूहिक हत्या देखि काभ्रेका अजित मिजारको घटना आलै भएको बताएको छ।

गत वर्षाको जेठ १० गते जाजरकोटबाट रुकुम चौरजारी नगरपालिकामा उच्च थरकी सुस्मा मल्ल युवतीसंग प्रेम गरेको भन्दै नवराज विकको हत्या गरिएको थियो भने नवराज सहित अन्य ६ जनाको समेत हत्या गरि भेरी नदीमा फालीएको थियो।

उक्त घटनाका दोषीलाई अझै कारबाही भएको छैन। त्यस्तै जातकै कारण अमित मिजार्को शव कयौ बर्षबाट शिक्षण अस्पतालमा परेको बेला पछिल्लो घटनाले राज्यकै भूमिकामाथि गम्भीर प्रश्न उब्जिएको भन्दै कांग्रेसले ओली सरकारलाई चार प्रश्नको विज्ञप्ति सार्वजानिक गरेको छ।

सञ्चारकर्मी रुपा सुनारलाई सरस्वति प्रधानले गरेको जातिय विभेदविरुदको मुद्दाले सम्पूर्ण नेपाली र राज्यमा प्रश्न उठेको भन्दै कांग्रेसले तत्काल छानबिन गर्न समेत माग गरेको छ।

जातीय विभेदको आरोपमा हिरासतमा रहेकी घरबेटीलाई छुटाउन सरकारकै बहालवाला मन्त्री सहभागि हुनुले प्रधानमन्त्रीको मौनताले सरकार न्यायको संरक्षक र समाधानको उत्प्रेरक कि द्वन्द्व बढाउने पक्षधर हो भन्दै प्रश्न गरिएको छ।

राज्यको भूमिका जिम्मेवार बनाउन सकिन्न भने हिजो गाइएका समानताका गीतहरु र आज संविधानमा लेखिएका न्यायका अक्षरहरुको मूल्य के बाँकी रहन्छ प्रधानमन्त्रीज्यू ?’ विज्ञप्तिमा भनिएको ।‘प्रश्न रुपा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्रै होइन, प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने हो ।

हामी कस्तो समाज, कस्तो संस्कार र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहन्छौं भन्ने प्रश्न हो । सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौं भन्ने पनि हो विज्ञप्तिमा भनिएको छ ।

सञ्चारकर्मी रूपा सुनारलाई जातकै आधारमा बबरमहलकी घरबेटी सरस्वती प्रधानले कोठा नदिएपछि उनिविरुद्द उजुर परेको थियो। उजुरी परेपछि प्रहरीले पक्राउ गरेर लगेपछि उनलाई छुटाउन बुधबार शिक्षा, विज्ञान तथा प्रविधिलगायतको जिम्मा पाएका मन्त्री कृष्णगोपाल श्रेष्ठ प्रहरी हिरासत कार्यालयमै पुगेर झन्डावाला आफ्नो गाडीमा लगेर गएका थिए।