थप २०१६ जनामा कोरोना संक्रमण, ३० को मृ,त्यु
असार १२ – काठमान्डौ – गत पछिल्लो २४ घन्टामा थप २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घन्टामा ४ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको निधन भएको छ। मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४२ हजार २४ रहेको छ ।
तीमध्ये ३९ हजार १९९ जना होम आइसोलेसनमा र २ हजार ८२५ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ७३४ जना आईसीयूमा र २२२ जना भेन्टिलेटरमा उपचारर्थ छन् ।

