Gold
Bangad salyan

कर्णाली नदीको पक्की पुल भासिएपछि आवतजावत बन्द

बर्दिया – कर्णाली नदीको पक्की पुल भासिएपछि आवतजावत रोकीएको छ। हुलाकी राजमार्ग अन्तर्गत पर्ने कैलाली र बर्दिया जोड्ने राजापुरको पक्की पुल एक छेउमा नदीले कटान गरेपछि पुल भासिन थालेको हो।

नदीको छालले पुलको पूर्वतर्फको उत्तर-दक्षिण निर्माण गरिएको तटबन्ध भत्किन लागेपछि अहिले आवत जावतम रोक लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो। पुलको अधाभाग अहिले कर्णाली नदीले ढाकेको बताईएको हो।

गत वर्ष भ्वाङ परेसँगै दक्षिणपूर्व पुल जोखिममा परेको थियो पुलमा १४ वटा पिलर छ । पुलको अन्तिम पिल्लर नदीकै बीचमा रहेको छ।

पुल निर्माण गर्दा थप दुई पिल्लर राख्नुपर्ने माग गर्दै आएपनि ध्यान नदिएपछि अहिले यस्तो भएको टीकापुर नगरपालिका,८ का वडा अध्यक्ष दीर्घ ठकुल्लाले बताए। पुल ४० करोडको लगानीम अनिर्मान भएको थियो।