फेरी अर्को हत्या महिलाको शव खेतमा गाडीएको अवस्थामा फेला
महोतरी – जिल्लाको लोहारपट्टी नगरपालिका ७ की २६ वर्षीया सुजिता ठाकुरको शव आफ्नै खेतमा खनेर खाडलमा पुरेको अवस्थामा फेला परेको छ।
सुजिता २३ दिनदेखि बेपत्ता थिइन् उनको प्रहारले खोजि गरिरहेको थियो। खोजीकार्य गर्दै जाँदा उनका श्रीमान मुकेशको खेतमा सुजिताको कपाल फेला परेको माईतिपक्षले देखिपछि प्रहरीलाई खबर गरेको थियो। घटनास्थलमा पुगेर खन्ने क्रममा सुजिताको शव खाडलमा गाडेको अवस्थामा भेटिएकाे हो ।
पीडित पक्षले गएकाे हप्ता बेपत्ता छाेरीका ससुरा ५० वर्षीय पतिराम ठाकुर, देवर २६ वर्षीय रूपेश ठाकुर र देवरानी २५ वर्षीया रोमी ठाकुरविरुद्ध प्रहरीमा किटानी जाहेरी दिन खोजेको थियो। तर तत्काल प्रहरीले जाहेरी लिन नमानेकाे माइती पक्षकाे भनाइ छ ।
मृतकका भाइ शिवम् पाण्डेले यसअघि ससुराली पक्षले सुजितालाई विभिन्न बहानामा कुटपिट गर्दै आएको बताए ।उनले दुई हप्ताअघि फेसबुकमा लाइभ आएर आफ्नो दिदीको हत्या भएको र उनको शव बेपत्ता पारेको हुन सक्ने समेत बताएका थिए ।
सुजिताको हत्या गर्ने परयास परिवारजनले एक वर्षअघि पनि गरेको थियो तर प्रहरीले छलफल गरेर झैँ झगडा नगर्न भन्दै मिलाईएको थियो।अहिले घटनाको अनुसन्धान भईरहेको महोत्तरीका एसपी दिनेश आचार्यले बताए।

