Gold
Bangad salyan

निशुल्क खाना खुवाईरहेका हाम्रो टिम नेपालको घर प्रहरीले भत्कायो कुटपिटबाट सपना मगर बेहोस

असार १४ ,,काठमान्डौ – निषेधाज्ञाको बेला गरिब दीनदुखीलाइ निशुल्क खाना खुवईरहेका हाम्रो टिम नेपाललाई प्रहरीले दमनसंगै आक्रमण गरेको छ।

प्रहरीको कुटपिटबाट सपना रोका मगर बेहोस छिन भने उमेश बोहरा लगायत वीर अस्पतालमा छन्। त्यस्तै अन्यलाई भने प्रहरीले कुटपिट गर्दै भृकुटीमण्डपमा राखेको छ।

अनामनगरमा निशुल्क खाना वितरण गरिरहेकोबेला नगरप्रहरी र नेपाल प्रहरीले उनीहरुमाथि कुटपिट गरेको हो भने निशुल्क खाना खुवाईरहेको घर भत्काईदिएको छ।

त्यस्तै कुटपिटबाट युवा युवतीका कपडा च्यातिएक छन् भने कतिका मोबाइल हराएका छन्। सर्वसाधारणलाई विषयम परिस्तिथिमा गरिबलाई निशुल्क खाना वितरण गरिरहेको हाम्रो टिम नेपालमाथि आक्रमण भएपछि चौतार्फो आलोचना भईरहेको छ।