Gold
Bangad salyan

महानगरपालिकाले हाम्रो टिम नेपालको घर भत्काउँदा करोडौको क्षति बाढी पिडितलाई पठाउने सामग्री निकाल्न समेत दिईएन

असार १४ ,काठमान्डौ – हाम्रो टिम नेपालले केहि वर्षदेखिनै विभिन्न जिल्लामा समस्या परेकाहरुलाई आर्थिक, भौतिक सहयोग गर्दै आईरहेको छ।

टिमले अहिले काठमान्डौ अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै निषेधाज्ञामा समस्या परेकालाई निशुल्क खाना खुवैरहेको थियो।आजै मात्र काठमान्डौ महानगरपालिकाले टहरा भत्काएपछि करोडौ क्षति भएको छ।

महानगरले तोडफोड गरेर टहरा भत्काएपछि कुनै पनि समान निकाल्न मिलेन। हाम्रो टिम नेपालले बाढी पिडितलाई उपलब्ध गराउने भाँडा ,कुँडा ,खाद्यान्न ,कपडा ,तरकारी लगायतका सामानहरु त्यहिँ घरमा राख्दै आईरहेको थियो।

अहिले निषेधाज्ञा चलिरहेको र केहिदिनमा आफूहरुले खालि गर्दिने भनेपनि महानगरपालिकाले उल्टै दमन गरेर टहरा भात्कादीएको र कुनै पनि समान निकाल्न नपाएको हाम्रो टिम नेपालले बताएको हो। यस्तै आफूहरुले केहि दिन अगाडी निशुल्क माक्स वितरण गरेका प्रहरी आएरनै टहरा भत्काएको टिमले बताएको छ।