Gold
Bangad salyan

राजनीतिक र संवैधानिक रुपमा एक्लिदै गएपछि ओलीको आक्रोस :भिम रावल

काठमान्डौ – नेकपा एमालेका नेता भिम रावलले प्रधानमन्त्री केपी ओलीले दिएको सार्वजनिक अभिव्यक्ति पराजितको मानसिकता भएको बताएका छन्।रावलले जिम्मेवार पद र स्थानमा रहेको व्यक्तिका सार्वजनिक अभिव्यक्तिमा शब्द, वाक्य र शैली पदीय मर्यादा समेत नभएको बताए।

सिमा उल्लङ्घन गर्दै हिजो १४ गते प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र आक्रोसलाई नेता अरवलले राजनीतिक र संवैधानिक रुपमा एक्लिदै गएको छटपटी भएको टिप्पणी गरेका हुन्।

यस्तै आक्रोस पोख्द कतै आफ्ना गल्तिलाई ढाक छोप गर्न सकिन्छ कि भनेर अमर्यादित शब्दहरु केपी ओलीले बोल्दै जाने गरेको उनले बताए। नेता रावलले केपी ओलीले आक्रोस पोख्नुको कारण थप यसरि टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री केपी ओलीले हिजो वालुवाटारबाट नेकपा एमाले नेता माधव कुमार नेपाललाई प्रधानमन्त्रीमा स्सिफारिस गर्ने के मलाई पागल कुकुरले टोकेको छ र ? भनेका थिए ।

त्यस्तै उनले नेपाललाई प्रचण्डको पुच्छर भनेका थिए भने माओवादी केन्द्रका अध्य्क्ष प्रचण्डलाई छेपारोको जस्तो रंग फेर्दै हिडेको छ भनेर असोभनिय टिप्पणी गरेका थिए। नेपाली कांग्रेस पनि प्रचण्ड पथमा हिडेको ओलीले आरोप लगाएका थिए।