शिक्षामन्त्री श्रेष्ठले नै रुपा सुनारविरुद्द सरस्वती प्रधानलाई मुद्दा दर्ता गर्न लगाए
काठमाण्डाै- सञ्चारकर्मी रुपा सुनारविरुद्द शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलेले सरस्वती प्रधानलाई मुद्दा दर्ता गर्न लगाएको खुलेको छ। रुपा सुनारले सरस्वती प्रधानविरुद्द जातिय अपहेलनाको मुद्दा दायर गरेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो।
तिन दिन हिरासतमा रहेकी प्रधानलाई शक्ति र पदको दुरपयोग गर्दै मन्त्री श्रेष्ठले प्रहरी हिरासतमा पुगेर उनको रिहाई गरेका थिए भने आफ्नै झण्डावाला गाडीमा लागेका थिए।
अदालतमा न्यायिक अनुन्धान भईरहेकोबेला मन्त्री श्रेष्ठले प्रधानलाई रिहाई गरेपछि यो घटनाले अहिले देश देखि विदेशसम्म द्वन्द चर्कीएको छ। मन्त्री श्रेष्ठले आफ्नो पावर देखाउंदै प्रधान्रुविरुद्द रुपा सुनारले दिएको उजुरीमा प्रमाण नपुगेकोभन्न्दै प्रहरी कार्यलयबाटनै रिहा गराएका थिए।
त्यसपछि प्रधानविरुद्द उत्रीएको मानवसागर एका- एक शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठतिर जाईलाग्यो। उनिविरुद्द नेपाल दलितसंघ ,दलित मुक्ति मोर्चा,मानवअधिकार आयोग ,प्रतिपक्षदल नेपाली कांग्रेस सरकारमा रहेका बहवालवाला मन्त्री देखि गठबन्धन देखि आम सरोकारवालाहरुले प्रश्न गरे।
तर शिक्षामन्त्री श्रेष्ठले टेर पुच्छर सम्मेत लगाएनन। चौतर्फी उनको राजिनामा माग गर्दै श्रेष्ठको पुत्ला जलाईयो तर उनले एक छेउपनि सुनेन।
जातिय विभेदविरुद्द अपहेलना गर्ने सरस्वती प्रधानलाई अनुसन्धान र कारबाहीको माग गरेकैबेला शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई सरकारले तत्काल बर्खास्तको माग गर्दै सरकारसामु प्रश्न खडा भएपछि बल्ल तल्ल हिजो मात्र प्रधानमन्त्री केपी ओलीले वालुवाटमा आवेगमा आएर यस्तो गल्ति नगर्न उनलाई आग्रह गरे।
आज बिहानमात्र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ मानवअधिकार आयोगसमक्ष पुगेर माफी मागेका थिए । उनले आफूबाट गल्ति भएको तर अब यस्तो गल्ति नहुने त बताए तर उनले यस्तो ग्राईण्ड डिजाईन रचेको जुन जो कसैलेपनि सजिलै पत्ता लगाउन सक्ने।
श्रेष्ठले माफी मागेर निक्लीएको केहि समयपछि जातिय विभेद गर्ने सरस्वती प्रधान मानवअधिकार आयोगमा पुगिन र रुपा सुनार विरुद्द निवेदन गरिन। उनले रुपा सुनारले आफूलाई फसाउने प्रपन्च गरेको भन्दै कोठा खोज्न पुगेका सुष्मा राई र सिर्जना राईलाई पनि कारबाहीको माग राखिन ।
चौतर्फी विरोधपछि श्रेष्ठको पद जोगाउन रुपा सुनारविरुद्द प्रधानले बिना कारण निवेदन दिन पुगिन। निवेदनमा लेख्ने कुनै शब्द नभेटेपछि उनले रुपा सुनारलाई कोठा नै आवस्यक नभएको र निषेधाज्ञाको समयमा पीसीआर रिपोर्टविना कोठा खोज्न हिँडेको भन्दै आफू अन्यामा परेको बताइन।
प्रधानलाई रिहाई गर्नको दिनपनि मन्त्री श्रेष्ठले नेवार समुदायका केहि ब्याक्तिलाई जम्मा गरेर रुपाविरुद्द नारा लगाउन लगाएका थिए भने केहि दिन अगाडी रुपालाई मुद्दा हाल्न नेवारहरुको हस्तक्षर समेत संकलन गर्न लगाए।
आज बसेको नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा समेत शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग गरिएको थियो। रुपा सुनार अन्यायमा परेको भन्दै न्यायको माग गर्नुपर्ने ठाँउमा सरकारका मन्त्रीलेनै पिडितलाई झनै पिडित बनाएकोमा आम नागरिकको गुनासो छ।
यो घटनाले राजनीतिक र जातिय घटना घटाउने समेत देखिन्छ। सदियौ कालदेखि पिडामा दबेको दलित जातीमा थुप्रै अपराधिक घटना समेत घटेका छन्। तर सरकारलेनै यसको धज्जी उडाएपछि नेपालमा अरहेका ७० प्रतिशत दलितको आत्मसमानमा चोट पुगेको देखिन्छ।
त्यस्तै जातकै कारण अमित मिजार्को शव कैयौ बर्षबाट शिक्षण अस्पतालमा परेको बेला पछिल्लो घटनाले राज्यकै भूमिकामाथि गम्भीर प्रश्न उब्जिएको छ। गत वर्षको जेठ १० गते जाजरकोटका नवराज विक सहित ६ जनाको तल्लो जात भन्न्दै सामूहिक हत्या गरियो। उनीहरुको हत्यामा संलगन सम्मेतलाई हाल सम्म सरकारले कुनै कारबाही गर्न सकेको छैन।
असार १ गते रूपा सुनार कोठा खोज्दै काठमाण्डाैको बबाहरमहल सरस्वती प्रधानको घरमा पुगेकी थिइन्। उनले तल्लो जात भएको कारण आफ्नो घरमा कोठा भाडा दिन नसक्ने बताएकि थिइन्। प्रधानविरुद्द रुपाले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेपनि घटनाको छानबिन नहुँदै मन्त्री श्रेष्ठले उनलाई रिहा गरेका थिए।

