Gold
Bangad salyan

देउवाले बोलाए बैठक : सिफारिस नभएका क्रियाशील सदस्यको नाम पनि भटा भट दर्ता

असार ,१७ काठमाण्डाै- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। कांग्रेसमा क्रियाशील सदस्यताबारे विवाद बल्झीएको छ।

वडा तहबाट सिफारिस नभईकन क्रियाशील सदस्यको सूचीमा नाम आएपछि विवाद देखिएका हो। आठ लाख ३० हजार क्रियाशील सदस्यमध्ये अहिलेसम्म ५ हजार उजुरी परेका छन् भने सिन्धुपाल्चोक, बारा, सप्तरी र रूकुम पश्चिमबाट क्रियाशील सदस्यताको अहिलेपनि इन्ट्री भइरहेका छन्।

केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानविन समितिले क्रियाशीलबारे देखिएका विवादलाई टुंग्याउने छ। यसतै महाधिवेशन तयारी सम्बन्धी छलफलका लागि पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ भेन वडा अधिवेशन साउन १२ गतेदेखि छ। अधिवेशनका मतदाता क्रियाशील सदस्य रहेको हुँदा क्रियाशील सदस्यको नामावली तयार भैसक्नुपर्ने छ।