केपी ओलीले बोलाएको बैठक अवैधानिक :नेपाल समूह नजाने
काठमान्डौ – नेकपा एमालेको माधवकुमार नेपाल -खनाल समूहले प्रधानमन्त्री केपी ओलीले शुक्रबार बोलाएको बैठकलाई अवैध भन्दै नजाने बताएको छ ।
बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । बैठकमा नेपाल समूहलाई पनि पत्राचार गरिएको थियो।
उक्त विषयमा छलफल गर्न नेपाल समूहको स्थायी कमिटी बैठक बसेको थियो । बैठक बोलाउने दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त बैठकमा नजाने निर्णय गरेको नेता घनश्याम भुसालले बताए ।
एमाले अध्यक्ष केपी ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भंग गरि केन्द्रीय समिति ब्यूँताएका थिए । जसमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ । त्यसमा नेपाल पक्षको आपत्ति छ । नेपाल समूहले ब्याकेजमा सहमति गर्न भन्दै आईरहेको छ।

