Gold
Bangad salyan

धादिङको बेनीघाट रोराङमा पहिरो ढुंगाले ट्रक किच्यो दुईको मृ,त्यु

असार १९ ,काठमाडौं- लगातार वर्षाबाट आएको पहिरोले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० जवाङ्खोलामा सडकमाथिबाट खसेको ढुंगाले किचेर दुई जनाको मृत्यु भएको छ।

मुग्लिनबाट काठमाडौँ जादैँ गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि पहिरोसँगै ढुंगा खस्दा सह–चालक दोर्जे भनिने बिरबल प्रजाको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र खड्काले बता। दोर्जे चितवनको राप्ती नगरपालिका ६ निवासी हुन्।

यस्तै अर्को ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको प्रहरीले बताएको छ । सोनी चढेको गाडी पनि पहिरोले च्यापेको थियो ।

पहिरोले लागेपछि सोनी देवी घाइते भएकी थिइन् । उपचारको लागि उनलाई गण्डकी अस्पतालमा उपचारको क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको थियो । ट्रकमै सवार अर्का एक जना सुदीप प्रजा घाइते भएका छन् भने चालक सकुशल रहेका छन् ।

पहिरोले ५ वटा गाडीमा क्षति पुर्‍याएको छ । बा१२ च ७१५६ नम्बरको म्याजिक, ना ७ख ३२० नम्बरको ट्रक, टीएन २८ एए०१२० नम्बरको भारतीय ट्रक, बा१ग २८३१ नम्बरको ट्रकमा पहिरोले क्षति पुर्‍याएको छ ।

यस्तै ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभमकुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजाकुमार घाइते भएका छन् । उनीहरुको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पहिरोले अवरुद्द सडकको माटो हिलो पन्छाएर अहिले एक तर्फी सडक सुचारु भएको प्रहरीले जनाएको हो।