Gold
Bangad salyan

मनमा आँधि हुरि, तुफान आएको छ ,मुक्तक ,

असार १९ ,काठमाडौं- –
१ . ड्क्टर एक्सरे गर्दिनुस, दिलमा घाउ लाएको छ,
खान पनि मन छैन,आँखा बाट पानी आएको छ।
अप्रेसन गरेर अल्लि बलियो खोल लगाईदिनु यो मुटुमा,
खोल बिना कमजोर भो ! र त अर्कैले खाएको छ।।

२. हेर्दा हेर्दै क्षितिज ,उजाडिन लाएको छ ,
मनमा आँधि हुरि, तुफान आएको छ।
घुस खायो भनेर तिमिले ,उसलाई किटानी दिदैगर्दा,
म कसरी उजुरी दिउँ,तिम्रो मायाले मेरो मन खाएको छ।।

३. सबैलाई हुने राय बनोस संविधानमा,
पिकल्प यस्तो बाच्ने उपाय बनोस संविधानमा
अब एउटा कानुन थप गरि ,लागू गरियोस सरकार,
दिल चोर्नेलाई पनि सजाय बनोस संविधानमा।।

सरस्वती पौडेल ,भरतपुर चितवन

समकालीन साहित्य प्रतिष्ठान बेलायत पेजबाट