रुपा सुनारले आफ्नो मोबाईल चेक गर्न नपाउने सर्तसहित शिक्षा मन्त्री श्रेष्ठ र सरस्वती प्रधानविरुद्द सर्वोच्चमा रिट दायर गरिन
असार २१,काठमान्डौ – सञ्चारकर्मी रुपा सुनारले आफ्नो मोबाईल चेक गर्न नपाउने सर्त राखेकी छिन। आफू र जातियविभेद गर्ने सरस्वती प्रधानबीच भएको टेलिफोन वार्ता सरस्वती प्रधानलाई मुद्दा दाएर गर्दा प्रहरी कार्यालयमा पेश भईसकेको हुँदा उप्रान्त आफ्नो गोपनियताको हकमाथि गम्भीर आघात पुग्नेभन्दै आफ्नो मोबाईल परीक्षण गर्न हेर्न कसैले नपाउने गरी प्रहरीलाई रोक लगाउने सहित रुपाले सर्वोच्चमा रिट निवेदन दिएकि हुन्।
उनले हिजो मात्र शिक्षामन्त्री मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट बर्खास्त गरि जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।
त्यस्तै जातको कारण देखाउदै कोठा भाडा दिन अस्विकार गर्ने घरबेटी सरस्वती प्रधानलाई पुन: पक्राउ गरेर थुनामा राखी मुद्दा चलाउन र कानून बमोजिम कारबाहीको माग गर्दै सर्वोच्चमा उजुरी गरेकी हुन् ।
मन्त्रीलाई थुनामा राखेर मुद्दा चलाउने,सरस्वती प्रधानलाई पुन: पक्राउ गर्नुपर्ने आफ्नो मोबाईल परीक्षण गर्न हेर्न कसैले नपाउने गरी प्रहरीलाई रोक लगाउने सहित रुपाले सर्वोच्चमा रिट निवेदन दिएकि हुन्।
जातकै कारण देखाएर काठमान्डौ बबरमहलकी घरबेटी सरस्वती प्रधानले सुनारलाई कोठा दिन अस्विकार गरेपछि रुपाले प्रहरीमा उजुर गरेकी थिइन्। उजुरपछि प्रहरीले प्रधानलाई पक्राउ गरेको थिय।
पक्राउ परेर तिन दिनसम्म थुनामा राखेर अनुसन्धान भईरहेकोबेला मन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेर सरस्वति प्रधानलाई रिहा गराई आफ्नै गाडी मा हालेर लागेका थिए। श्रेष्ठलाई तत्काल पदबाट हटाई कारबाहीको माग गर्दै सुनारले रिट निवेदन दिएकि हुन्।
तनहुँ व्यास नगरपालिका ११ कि वर्षा २४ कि रुपा सुनार हाल आफ्नी आमासंग काठमान्डौमा कोठा भाडामा बस्ने गरेकी छिन। उनले ईमेज च्यानल टेलिभिजनमा उकाली ओराली कार्यक्रम चलाउने गर्छिन।



