सुजिता भण्डारी हत्या प्रकरण :स्थानिले राजमार्ग अवरुद्ध गरे प्रहरीविरुद्द नाराबाजी
असार २१,चितवन – गत ११ गते बाट बेपत्ता युवती सुजिता भण्डारीको हत्या भएपछि स्थानीयले विरोध गर्दै चितवनको भण्डारास्थित महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् ।
प्रहरीले शवलाई अस्पताल लैजादै गर्दा आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै राजमार्ग अवरुद्ध गरेका हुन । स्थानीयवासीले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेको छन् भने प्रहरीविरुद्द नाराबाजी गरेका छन्।
तत्काल दोषीलाई पत्ता लगाई कारबाही गर्न उनीहरुले माग गरेका छन्। गत असार ११ गते हराईरहेको युवती हिजो साँझ पूर्वी चितवनको भण्डारास्थित धमिले जंगलम अमृत अवस्थामा फेला परेकी हुन।
११ गते नै १२ बजे सुजितालाई दिदीलाई फोन गरेर अपहरणमा जानकारी गरेकी थिइन्। त्यसपछि उनको मोबाईल अफ भएको थियो। तत्कालै परिवारले प्रहरीलाई खबर गरेको थियो। आजसम्म पनि राम्रो अनुसन्धान नहुनु र सुजिता मृत अवस्थामा फेलापारेको भन्दै स्थानिले प्रहरीविरुद्द नाराबाजी गरेका हुन।

