प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाकाे बहस सकियाे,२८ गते फैसला हुने
काठमाडौं- प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाकाे बहस आज सकियको छ। मुद्दाको फैसला असार २८ गते आउने भएको हो।
रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको राय पनि सकिएको सर्वोच्च अदालतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले यो मुद्दाको पेसी २८ गतेलाई तोकेको छ भने फैसला पनि सोहि दिन आउने बताएको छ ।
प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनमा सोमबार बहस सकिएको हो। प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईले सुनुवाई गरेका छन् ।

