Gold
Bangad salyan

कोमल ओलीलाई झटारो :तिम्रा जगल्टे कपालहरुले राप्रपा देखि एमालेसम्म भ्याएकी छौ

असार २२ काठमान्डौ -राष्ट्रियसभाकी सदस्य एवम् नेकपा (एमाले) की नेतृ कोमल वलीले हिजो बसेको राष्ट्रियसभाको बैठकमा ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकमा कविता वाचन गरेकी थिईन् । उक्त कवितालाई लिएर सामाजिक सञ्जालमा उनको चर्को आलोचना गरिएको छ ।

तिमिले ठिकै भन्यौ,
क्षेपारा जस्तै मौसमी रङ्ग बदल्ने बाँदरहरुको निश्चित परिवेश हुदैन”
त्यसैले त
तिमिले राप्रपा देखि एमालेसम्म भ्याएकी छौ,
हो नानी।
तिमिले ठिकै भन्यौ,
“बादरहरुको निश्चित भेष हुदैन”
त्यसैले त।
तिम्रा पश्चिमा जगल्टे कपालहरुले नेपाली छाेरि चेलिहरुकाे प्रतिनिधित्व गर्दैन ।
हो नानी।
तिमिले ठिकै भन्यौ,
“बादरहरु खेती गर्दैनन् “
त्यसैले त।
तिमिले अर्काले बनाएको घरमा ढलिमलि गर्न पाएकी छौ ।
हो नानी।
तिमिले ठिकै भन्यौ,
“कर्मको कुटाे नलगाउने ती बाँदरहरु”
त्यसैले त।
तिमी दरवारमा नाचगान गरिरहदा ती बाँदरहरु जनताको घर झुपडीहरुमा चेतनाको दियो बाल्दै हिडथे ।
हो नानी।
तिमिले ठिकै भन्यौ,
ती सङ्गठन बनाउनेहरु बाँदरै हुन ।
तिम्रो पो घरजम छ र। ती त बेवारिसे हुन ।
हो नानी।
तिमिले ठिकै भन्यौ ।

दामोदर अर्यालबाट