एमाले विवाद १० बुँदे सहमतिमा के के छ ?
काठमान्डौ – नेकपा एमाले विवाद समाधान गर्न बनेको कार्यदल बैठकले आज एमालेमा देखीएको विवाद टुङ्गो लगाएको जनाएको छ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।
यो सहमतिलाई भोलि बोलाइएको स्थायी कमिटीको बैठक अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।
उक्त सहमतीमा माधव कुमार नेपाल भने असन्तुष्ट बनेका छन ।बुदान ६ लाई लिएर नेता नेपाल असन्तुष्ट बनेको श्रोतले रंग दर्पनलाई जनायो ।
त्यस्तै अन्य बुदामा समेत नेपाल असन्तुष्ट बनेका छन । सर्वोच्च अदालतले भोलि फैसला गर्ने सुनाएको अघिल्लो दिनमा कार्यदलले यस्तो सहमती गरेपछि जता ततै तरंग फैलिएको छ ।
संसद विघटनविरुद्ध र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्दै विपक्षीदलका १४६ जना सांसदले हस्ताक्षर गरेर सर्वोच्चमा पेश गरेका छन ।जसमा एमालेको तर्फबाट २३ सांसदले हस्ताक्षर गरेका छन ।
यो अघिनै ओलीले हस्ताक्षर फिर्तालिन माग गरेका थिए ।तर नेपालले अदालतलाई प्रभाव पर्ने कुनै काम नगर्ने र हस्ताक्षर फिर्ता नलिने बताएका थिए । आजको कार्यदलले गरेको सहमतिमा उक्त बिषयलाई संस्थागत निर्णय गर्ने बताएको छ ।


