Gold
Bangad salyan

फेरी बढ्यो कोरोना आज थप २३७० संक्रमित फेला

असार २८ ,काठमान्डौ – गत २४ घन्टामा हेर्दा देखिएको कोरोना संक्रमितको संख्यालाइ हेर्दा देशमा फेरी कोरोना बढेको पाईएको छ। आज थप २३७० कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

त्यस्तै २४ घन्टामा थप १,१३३ जना निको भएका छन् भने १८ जनाको मृ,त्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।