नेपाल निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु
असार २८ ,काठमान्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल निवास कोटेश्वरमा विपक्षी गठबन्धनका नेताहरूको छलफल सुरू भएको छ।प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशसँगै विपक्षीको बैठक भएको हो।
सर्वोच्चले आज प्रतिनिधि सभा पुनर्स्थापना गर्दै दुई दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ।
बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का कृष्ण सिटौला लगायत अन्यनेताहरुको उपस्थिति रहेको छ ।

