Gold
Bangad salyan

मलाई सर्वोच्चले प्रधानमन्त्री बनाएको होइन विधीको शासनलाई बचाएको हो : देउवा

असार २९, काठमाडौ – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गरेर विधिको शासनलाई बचाएको बताएका छन।

सर्वोच्चले सोमबार निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको उनले बताए ।सर्वाेच्चको फैसला ऐतिहासिक हो । निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको छ ।

साथै उनले अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको बताए ।अब सरकार गठनबारे गठबन्धनमा आबद्ध दलहरुसँग छलफल गरेर अघि बढ्ने देउवाले बताए ।

सर्वोच्चले संसद् विघटन पुनःस्थापान गरेर देउवालाई आज साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमाआदेश दिएको छ ।देउवाले आजै पदबाहर ग्रहण गर्ने छन जस्को लागि राष्ट्रपति कार्यलयले तयारी गतिरहेको श्रोतले जनाएको छ ।