महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा
असार २९ ,काठमान्डौ – सरकारको कानूनी सल्लाहकार रहेका महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुने भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाएका हुन् ।
सरकारको कानूनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई उनले तीन महिना २१ दिन काम गरे । सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको छ ।आजै देउवाले पदभार ग्रहण गर्दैछन।

