Gold
Bangad salyan

सर्वोच्चको फैसला पालना गर्छौं : केपी ओली

असर २९ ,काठमान्डौ – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसला पालना गर्ने बताएका छन्। सिंहदरबार छोड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले फैसला पालना गर्ने कुरामा पार्टी स्पष्ट रहेको बताए ।

नेपालको संविधान अक्षरको संगालो मात्र होइन। दसकौं लामो संघर्ष र बलिदानको उपज हो।प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको व्यख्याप्रति आपत्ति जनाउँदै ओलीले यसले लोकतान्त्रिक प्रणालीमाथि प्रहार गरेको आरोप लगाए।

प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलाले राज्यका अंगको सन्तुलन खलबलिने चिन्ता रहेको जनाए ।कतिपय माग नै नभएका विषयमा अदालतले फैसला गरेकोप्रति आपत्ति जनाए। अदालतले प्रत्येक विषयमा हात हालेर गन्तव्य बिर्सिएको उनको भनाइ छ।