थप २,९०५ नँया कोरोना संक्रमित फेला १८ को मृ,त्यु
असार ३० काठमान्डौ – गत २४ घन्टामा नेपालभरीमा थप २,९०५ जना नँया कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ८१०८ पीसीआर परिक्षण र ४९१६ एण्टिजेन विधिबाट उक्त संख्या फेला परेको छ।
यस्तै मन्त्रालयका अनुसार गत २४ घन्टामा थप १,६०६ जना डिस्चार्ज भएका छन्। पछिल्लो २४ घन्टामा कोरोनाबाट १८ जनाको मृ,त्यु भएको छ भने देशभरका क्वारिनटिनमा २९३ जना रहेका छन्।
यस्तै आज काठमान्डौमा २९४ भक्तपुरमा ६७ र ललितपुरमा ६२ गरि जामा ४२५ जनामा कोरोना फेला परेको छ। मन्त्रालयका अनुसार हाल देशभरका भेन्टिलेटरमा १७२ जनाको उपचार भईरहेको छ।

