Gold
Bangad salyan

उपत्यकामा साउन १० गते सम्म निषेधाज्ञा थप

काठमान्डौ – उपत्यकामा सरकारले साउन १० गते सम्म निषेधाज्ञा  थप गरेको छ। आज बसेको तिल जिल्लाका सिडियोहरुको बैठकले भोलि देखि लागू हुने गरि १० गते सम्म निषेधाज्ञा थप गरेको हो।

यस अघि गरिएको जारि निषेधाज्ञाको समय आज सकिदै छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार हाल संचालन भईरहेका पसलहरु अब ७ बजे सम्म खोल्न पाईने छ।

यस्तै लामो दूरीमा यातायात सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ। बैठकले यसअघि नै लामो दूरीको यातायात चलाउने प्रस्ताव कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाइसकेको र बिहीबार सीसीएमसीले मन्त्रिपरिषदमा पठाएको जानकारी आएको उनले बताए ।

म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् । कोरोनाको दोश्रो लहर बढेसंगै सरकारले वैशाख १६ गते देखि निरन्तर निषेधाज्ञा थप गर्दै आईरहेको छ।