महन्त ठाकुरका ६ सांसदले साथ छोडेर उपेन्द्र यादव तिर
साउन २, काठमान्डौ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई उनी निकट सांसदहरुले छोडदै गएका छन ।
शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन्।
ठाकुरसँग २० सांसद छन् तर ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या घट्दै गएको छ।
बैठकमा ठाकुरसँग निकट मानिएका राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल अनुपस्थित छन्।
बैठकमा सहभागी नभएकामध्ये प्रमोद साह, अमृता अग्रहरी र रानी मण्डलले कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेको चर्चा सुरु भएको छ ।

