Gold
Bangad salyan

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

साउन २ ,काठमाडौं -नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। बैठक भोलि आईतबार बिहान ११ बजे बस्ने गरि बोलाईएको केन्द्रका प्रमुख सचेतक देव गुरूङले बताए।संसद अधिवेशनको सन्दर्भमा बैठक बोलाईएको पनि उनले जाकारी गरे।

गएको बिहीबार मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गतेका लागि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।त्यस्तै आज अध्यक्ष प्रचण्डले एमाले नेता माधव कुमार नेपालसंग भेटवार्ता गरेका छन्।