प्रतिनिधिसभा बैठक सुरु
साउन ३ ,काठमाडौं – सर्वोच्च अदालतको आदेशपछि दोस्रो पटक सांसद सुचारु सुचारुपछि प्रतिनिधिसभाको आठौं अधिवेशन सुरु भएको छ ।
केहीबेरअघि संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । गत ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।
जसलाई सर्वोच्चले बदर गर्दै संसद् सूचार गरेको हो। बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसद्मा विश्वासको मत लिने कार्यक्रम रहेको छ।

