Gold
Bangad salyan

देउवालाई नेपाल खनालले विश्वासको मत नदिएपनि बहुमत पुग्छ

साउन ३ ,काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय गरेपछि देउवा एमाले बरिस्ठ नेता माधव कुमार नेपाल खनाल पक्षबिनानै बहुमतमा देखिएका छन्।

अतः नेपाल खनाल देउवाको पक्षमा उभिएको छ। नेपाल खनालको कारणनै देउवा प्रधानमन्त्री बनेका हुन्। विश्वासको मतको लागि देउवालाई १ सय ३६ मत आवश्यक पर्छ ।

प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ (सभामुख बाहेक), एमालेको १२१ (माधव नेपाल पक्ष–२३ ), जसपा ३२ (उपेन्द्र यादव पक्ष–२०) तथा जनमोर्चा, नेमकिपा र राप्रपाको एक–एक मत छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपा र राष्ट्रिय जनमोर्चाको गरी १४२ मत हुन्छ । देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह गरेपछि अहिले संसदमा दलका प्रतिनिधिहरुले बोलिरहेका छन्।