Gold
Bangad salyan

म ओली जस्तो वालुवाटारमा पार्टीको बैठक राख्दैन

साउन ४ ,काठमान्डौ- प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको बैठक सरकारी निवास वालुवाटारमा नराख्ने बताएका छन्। यो भन्दा अगाडी प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले सधै पार्टीको बैठक सरकारी निवास वालुवाटार राख्ने गरेका थिए जसको चर्को विरोध भएको थियो।

त्यस्तै देउवा प्रधानमन्त्री भएलगतै पनि लगातार दुईवटा पदाधिकारी बैठक वालुवाटारमा बसालेका थिए। पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना भएका कारण बालुवाटारमा बैठक बसेको र अब त्यसो नहुने नेता गगन कुमार थापाले बताए।

पार्टी कार्यालयमा धर्ना भएका कारण बैठक वालुवाटारमा अब्सेको हो अब त्यसो हुदैन प्रधानमन्त्रीले भन्नु भएको छ। त्यसै वालुवाटारमा पार्टी कार्यक्रम नगर्न नागरिक अगुवाहरुले पनि सुझाव दिएको थापाले बताए।