Gold
Bangad salyan

केपी ओलीका कार्यकर्ताहरु बाँदरको भेषमा सडकमा

साउन ५ काठमाडौं – नेकपा एमालेका केपी शर्मा ओली निकट युवा संघ नेपालका कार्यकर्ताहरु हामि बाँदर हौ भन्दै सडकमा प्रदर्शन गरेका छन्।

उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् । केपी ओलीलाई आफ्नै पार्टी नेकपाले पाखा लगाईदिएपछि उनीहरु दैनिक जस्तो अनेकौ किसिमका हर्कत गर्दै आईरहेका छन्।

नेपालको लोकतन्त्र संविधान विपरित काम गरेका निवर्तमान केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले पनि अवैधानिक भन्दै प्रधानमन्त्रीबाट बर्खास्त गरेको थियो। अहिले उनि आफ्नो निवास बालकोटमा छन्।

यस्तै नेकपाका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिएको भन्दै उनिहरुविरुद्द ओली समूहका कार्यकर्ताले नाराबाजी गरेका छन्।

सो समूहले बाँदर हौ भन्दै सडकमा उफ्रिएपछि सामाजिक सञ्जालभरि आलोचना गरिएको छ। कोरोनाको महामारीमा भिड भाड गर्ने र अहिले बल्ल ओलीको असली रुप बाहिरिएको जनताले प्रतिक्रिया दिएका हुन्।