Gold
Bangad salyan

१८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप दिईने

साउन ६ ,काठमान्डौ – काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले १८ वर्ष उमेर समूहका माथिका लागि खोप दिने निर्णय भएको जानकारी दिए । भोलि देखि खोप केन्द्रमा गएर खोप लगाउन सकिने पनि उनले बताए।

अहिले खोप लगाउनका लागि काठमाडौँ जिल्लाका ४४ वटा खोप केन्द्रमा भिड भाड छ। यस्तै यसअघि यो खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई दिइएको थियो ।

त्यस्तै अशक्त अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई पनि यो खोप लगाईएको थियो।

खोप लगाउँदा नकारात्मक असर पर्ने भन्दै कम लगाउने गरिएको थियो। अब भने ढुक्कले भोलिदेखि खोप लगाउन सकिने स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाले जनाएको छ।