Gold
Bangad salyan

थप २७१४ जनामा कोरोना भाइरस संक्रमण फेला २४ को निधन

साउन ७ ,काठमान्डौ – पछिल्लो २४ घन्टामा थप २७ सय १४ जनामा कोरोना भाइरस संक्रमणफेला परेको छ।

विभिन्न प्रयोगशालामा गरिएका १२ हजार ८२९ नमूना परीक्षणमा २७ सय १४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा १२ सय ८८ जना निको भएर घर फर्केका छन्।

बिहीबार कोरोनाबाट थप २४ जनाको मृ,त्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृ,त्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ।योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ भए निको हुनेको संख्या ६ लाख ३७ हजार ६९० छ ।