Gold
Bangad salyan

सुजिता मृ,त्यु प्रकरण दाजु बहिनिको यौन सम्बन्ध विवाह गरेर कसैले नदेख्ने ठाँउमा बस्ने थियो योजना

काठमान्डौ – चितवनको राप्ती नगरपालिका,३ की २३ वर्षीया सुजिता भण्डारीको मृ,त्यु प्रकरणमा आफ्नै काकोको छोरा सचिन भनिने सुकदेव भण्डारीलाई आज प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको छ।

गत असार ११ गते घरबाट निस्केकी सुजिताले आफू अपहरणमा परेको आफ्नी दिदिलाई बताएकि थिइन्। २० गते च्याउ टिप्न गएका महिलाहरुले ब्रह्मास्थान सामुदायिक वनको जंगलको झाडीमा मृत अवस्थामा एक शव देखेपछि प्रहरीलाई जानकारी गरेका थिए।

९ गतेनै सुजिता अपहरणमा परेको प्रहरीलाई जानकारी गराएपनि प्रहरीले कुनै सबुत प्रमाण फेला पार्न सकेको थिएन। शव फेला परेको जानकारी पछि प्रहरीले अनुसन्धान गर्दै जाँदा सुजिताका आफन्तले शव पचिचान गरेका थिए।

मृतक सुजिता भण्डारीको सहवा फेला परेको जंगल

उनको शव पूर्णरुपले गलिसकेको अवस्थामा फेला पपरेको थियो। गहिरो अनुसन्धानपछि प्रहरीले सुजिताको शव फेला परेको नजिक केहि पर बिषको डिब्बा फेला परेको थियो ,यस्तै उनको सिमकार्ड नभएको मोबाईल,झोला पनि फेला परेको थियो।

 

प्रहरीले शव पोस्टमार्टम गर्न काठमाडौंस्थित शिक्षण अस्पतालमा लैजाँदै गर्दा आफन्त लगायत स्थानीयले विरोध गरेका थिए भने यातायात ठप्प समेत परेका थिए।

पहिलेनै जानकारी गराएपनि प्रहरीले ह,त्यारा पत्ता लगाउन नसकेको भन्दै आफन्तले चर्को नाराबाजी गरेका थिए। यो घटनामा प्रहरिले आज सचिनलाई सार्वजिक गरेपछि घटनाको अनुसन्धान अगाडी बढाएको छ।

यतिका दिन सम्म आफन्तले कसैप्रति उजुर नगरेपछि सुजिताकी आमा अम्बिका भण्डारीले आत्मह,त्या दुरुत्साहनको एक जनाविरुद्द जाहेरी दिईन। उनको नाम भने खुलाईएको थिएन।

आज प्रहरीले सुजिताको दाजु पर्ने आफ्नै काकोको छोरा सचिन भण्डारीलाई सार्वजानिक गरेको हो। उनको घर झापाको झापा गाउँपालिका- ६ शरणमति हो।

सुजिताको शव पोष्टमार्टम गर्न लैजाँदा स्थानिको आन्दोलन,

२३ वर्षीय सचिनलाई प्रहरीले काठमान्डौबाट पक्राउ गरेको हो। दुवै दाजु बहिनि यौन सम्बन्धमा रहेपछि सुजिताले सचिनलाई विवाहको प्रस्ताव गर्दा दुवैबीच असर ९ गते विवाद भएपछि सुजिताले आत्मह,त्या गरेको खुलेको छ।

यो घटना गम्भीर देखिने गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी ईन्द्रबहादुर रानाका अनुसार दाजु बहिनीको सम्बन्ध नाता संगै शंकास्पद देखिएको छ।

दुवैले सम्पर्क गरेर काठमान्डौमा भेटेका छन्। सुजिता पनि दिदीलाई काठमान्डौमा भेट्न जाने र उनकै कोठामा बसने भनेर निस्कीएकि थिइन्। काठमान्डौमा सचिन र सुजिताको भेटपछि सचिनलाई कोठा खोज्न सचिनले आग्रह गरिन।

मृतक सुजिता

कोठा पाएपछि उनीहरु दुवै लामो समयसंगै बसेको रानाले बताए । लामो समयपछि एक अर्को सम्बन्धनमा रहेपछी सुजिताले सचिनलाई विवाह गर्न दबाब दिएको खुलेको छ।

आफ्नै बहिनिलाई विवाह गर्दा सामाजिक र नैतिक संकट परेपछि दुवैले सम्भव भएसम्म विदेश जाने योजना बनाएका थिए। त्यो सम्भव नभए दुवैले अपहरणमा अपरेको नाटक गर्ने र कसैले नदेख्ने ठाँउमा गएर विवाह गरेर बस्ने योजना बनाएका थिए।

नभन्दै सुजिताले ९ गते बिहान आफू अपहरणमा परेको आफ्नै दिदिसंग बताईन। हेर्नोहोस दिदि मलाई त यसले यस्तो गर्यो अपहरण गर्यो सुजिताको अन्तिम बोलि यो थियो।

मृतक सुजिताको हत्या कारणमा आफ्नै काकाको छोरा सचिन भनिने सुकदेव भण्डारीलाई सार्वजानिक गर्दै प्रहरी

तर नाटकमा भनिएको अपहरणमा सचिनले विवाह गर्न अस्विकार गरेपछि सुजिताले आत्महत्या गरेको खुल्यो। सुजिताले ९ गते विवाह सचिनलाई विवाह गर्न प्रस्ताव गरिन उनले अस्विकार गरेपछि विवाद भएपछि दुवैको बिचमा कुनै संवाद नभएको रानाले बताएक छन्।

सचिनको फोन र सुजिताको फोनमा भएको मेमोरी कार्ड पनि सामाखुसीस्थित ल्याबमा पठाएको र त्यसबाट डिलिट गरिएका तस्वीरहरू समेत पाइएको प्रहरीले जनाएको छ। सुजिताको पोष्टमार्टम पछि प्रहरीले भिसेरा गर्न राष्ट्रिय विधि विज्ञान प्रतिष्ठानमा पठाएको थियो। जसको रिपोर्ट आएको छैन।