Gold
Bangad salyan

जनयुद्दमा संगै लडेका बादल र विप्लवबीच भेटवार्ता

साउन ९ ,काठमान्डौ – नेकपा एमालेका नेता रामबहादुर थापा बादल र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ ।

पूर्वमाओवादी नेता बादललाई भेट्न विप्लव शनिबार उनको निवासमा पुगेका हुन्। साथमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए ।

बादल र विप्लव विगतमा सँगै सशस्त्र युद्धमा सहभागी भएका नेता हुन् । तत्कालिन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा बादल र विप्लव दुवैले वैद्यलाई साथ दिएका थिए ।

त्यसको एक वर्ष नपुग्दै विप्लवले अर्को पार्टी गठन गरेर भूमिगत भएका थिए भने बादल नेकपा माओवादी केन्द्रमा फर्किए थिए।

बदल अहिले माओवादी केन्द्र छोडेर एमालेमा गएका छन् भने विप्लव शान्तिपुर्व वार्तामा आएर राजनीतिक भेटघाट गरिरहेका छन्।यस्तै आजै विप्लवले जसपाक अध्यक्ष महन्त ठाकुरलाई भेटेका थिए।